
काठमाडौं । शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुई स्पर्धामा खेल्ने उनले पुरुष ६५–७० केजी तौलसमूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेश गर्ने छन् । मंगोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखरसहित ३ सदस्यीय टोली आइतबार प्रस्थान गर्ने छ ।
अफिसियलका रुपमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापा सहभागी हुने छन् । दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेस र अम्पायर कोर्षमा पनि सहभागिता जनाउने छन् । महासचिव थापा भने स्वास्थ्यका कारण बिदाइमा उपस्थित थिएनन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह