
काठमाडौं । एर्लिङ हालान्डको दुई गोलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ ।
ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो । नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो । यसअघि पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको नर्वेले ब्राजिललाई २–१ ले नै पराजित गरेको थियो । यस्तै नर्वे ब्राजिलसँग अहिलेसम्म खेलेको सबै खेल (५)मा अपराजित छ । नर्वेले अब मेक्सिको र इंग्ल्यान्डबीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्नेछ ।
अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । उनले ७९ औं मिनेटमा पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । हालान्डले ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई २–० को अग्रता दिलाए । दोस्रो गोलका लागि पनि आन्द्रेस सेलड्रुपले नै असिस्ट गरे ।
ब्राजिलका लागि नेमनारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएपनि हार टार्न पर्याप्त भएन । त्यसअघि ब्राजिलले पहिलो हाफमा पनि पेनाल्टी पाएका थियो । तर गोल गर्न चुकेको थियो । पेनाल्टी गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो । ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए । खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए ।
नर्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए । तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यान्डले बचाए ।












समाचार
अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते
माउन्ट एभरेष्ट पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन
अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछौँ आवेदन ?
‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक
आर्थिक वर्षको अन्तिममा रकम फेर बदलको पुरानै प्रवृत्ति, करिब ४ अर्ब रकमान्तर
बागरमा खानेपानीको समस्या
देशभर मनसुनी वायुको प्रभाव : कस्ताे रहला आजकाे माैसम ?