
काठमाडौं । एस्टनभिल्लाले युरोपालिग फुटबलको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा जर्मन क्लबफ्राइबर्गलाई ३–० गोलले हराउँदै एस्टनभिल्लाले ३० वर्षपछि ठूलो सफलता हातपारेको हो ।
खेलमा युरी टिलेमान्सले ४१ मिनेटमा पहिलो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डियाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको ५८ मिनेट अर्को गोल थपेका थिए । योसँगै एस्टन भिल्लाले सन् १९९६ पछि पहिलो पटक ठूलो उपाधि जितेको हो ।
भिल्लाले अन्तिम पटक सन् १९९६ मा लिगकप जितेको थियो । यस्तै भिल्लाले ४४ वर्षको अन्तरमा पहिलो पटक युरोपेली उपाधि हात पारेको हो । सन् १९८२ माभिल्लाले युरोपियन कप जितेको थियो ।
टोलीका प्रशिक्षक उनाई एमरीले युरोपालिगमा व्यक्तिगत रूपमा पाँचौँ पटक उपाधि जित्दै नयाँकीर्तिमान कायम गरेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद