
काठमाडौं । आइतबार मात्रै इङ्लिस प्रिमियर लिगमा युनाइटेडसँग १–१ को बराबरी खेलेको लन्डन क्बल चेल्सीले कन्फरेन्स लिगमा सबैभन्दा ठूलो जितको कीर्तिमान बनाएको छ। बिहीबार भएको खेलमा चेल्सीले अर्मेनियाली क्लब एफसी नोआलाई ८–० गोलअन्तरले पराजित गरेको हो ।
गत सिजन लुडोगोरेट्सलाई ७–१ ले हराउँदै नर्ड्सजेल्यान्डले ठूलो जितको कीर्तिमान बनाएको थियो। तर, घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा जोआओ फेलिक्स र क्रिस्टोफर एनकुन्कुले दुई–दुई गोल गरेपछि चेल्सी उक्त कीर्तिमान भंग गर्न सफल भएको हो।
जितसँगै अपराजित रहेको चेल्सी कन्फरेन्स लिगको शीर्ष स्थानमा उक्लेको छ। चेल्सीले तीन खेलबाट नौ अंक जोडेको छ र अन्य पाँच टोलीको पनि समान अंक छ। तर, उत्कृष्ट गोल अन्तरका कारण चेल्सी तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो।
उसले तीन खेलबाट ९ अंक पु¥याएको छ। १२औं मिनेटमा तोसिन अडाराबियोयोले कर्नर किकबाट आएको बललाई हेडरमार्फत गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको एक मिनेटपछि मार्क गुइउले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। १८औं मिनेटमा एन्जेलो फर्नान्डिजको पासमा एलेक्स डिसासीले गोल गर्दै खेल ३–० मा पु¥याए। फर्नान्डिजकै पासमा फेलिक्सले २१औं मिनेटमा गोल गर्दै टोलीको अग्रता ४–१ मा पु¥याउन मद्दत गरे।
३९औं मिनेटमा माइखाइलो मुड्रिकले अर्को गोल गरे। त्यसको दुई मिनेटपछि फेलिक्सले व्यक्तिगत दोस्रो र टोलीका लागि छैटौं गोल गरे। पहिलो हाफमा ६ गोल गरेपछि चेल्सीले ६९औं मिनेटमा फ्रान्सका नकुन्कुले सातौं गोल गरे। ७६औं मिनेटमा उनले नै पेनाल्टी प्रहार गर्दा आएको रिबाउन्ड बललाई गोलमा परिणत गर्दै कीर्तिमानी जित दिलाए।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद