इङ्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हरायो

काठमाडौं । इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हराएको छ । गएराति भएको खेलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई २–१ ले पराजित गरेको हो ।

जीतसँगै तेस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको ६० अङ्क भएको छ । टोटनह्याम भने ३७ अङ्कसहित १६औं स्थानमा छ । प्रिमियर लिगमा शीर्ष स्थानको लिभुरपुलको ७९ अङ्क रहेको छ । ६६ अङ्कसहित आर्सनल दोस्रो स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार