
काठमाडौं । भारतले न्युजिल्याण्ड विरुद्धको पहिलो टि–२० आईमा विजय हारिल गरेको छ । ओपनर अभिषेक शर्माको आक्रामक ब्याटिङको मतले भारतले पाहुना टोलिलार्य ४० रनले पराजित गरेको हो ।
शर्माले ३५ बलमा ८४ रनको विस्फोटक खेले । सन् २०२६ को पहिलो टि ट्वान्टीमा अभिषेकले ३५ बलमा ८ छक्का ५ चौका प्रहार गरेपछि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २३८ रनको विशाल योगफल तयार पार्यो । यो न्युजिल्यान्डविरुद्ध भारतको अहिलेसम्मकै उच्च टि ट्वान्टी स्कोर हो। भारतले सुरुआतमै सञ्जु स्यामसन र इशान किशनलाई गुमाए पनि अभिषेकले इनिङ सम्हाले । पावरप्लेभित्रै ४ छक्का प्रहार गर्दै भारतले ६ ओभरमा ६८ रन बनायो । अभिषेकले कप्तान सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरे । अभिषेकले मात्र २० बलमै अर्धशतक पूरा गरेका थिए ।
पछि हार्दिक पाण्ड्याले २५ रन जोडे । अन्त्यतिर रिंकु सिंहले नटआउट ४४ रन बनाउँदै भारतको स्कोर मजबुत बनाए । न्युजिल्यान्डका ज्याकब डुफी र काइले जेमिन्सनले समान २ विकेट लिए। २३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले सुरुआतमै डेभन कनवे र रचिन रवीन्द्रलाई गुमायो । ग्लेन फिलिप्सले ४० बलमा ७८ रनको इनिङ्स खेले पनि टोलीलाई जितसम्म पु¥याउन सकेनन् । वरुण चक्रवर्तीले महत्वपूर्ण २ विकेट लिँदै न्युजिल्यान्डलाई दबाबमा राखे । न्युजिल्यान्ड २० ओभरमा ७ विकेट गुमाएर १ सय ९० रनमै सीमित भयो । भारतका शिभम दुबेले पनि २ विकेट लिए ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा