
काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल) क्रिकेटको दोस्रो संसरणको उपाधि लुम्बिनी लायन्सले जितको छ । आज भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।
सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । उसका लागि दिनेश अधिकारीले ४२ रनको पारी खेले । उनले जम्मा १३ बलमा ५ छक्का र १ चौका प्रहार गरे । त्यस्तै कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए । सुदूरपश्चिमका लागि हेमन्त धामी र अभिनाष बोहोराले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले निकै खराब प्रदर्शन गर्दै १९.१ ओभरमा अलआउट हुँदै ८६ रन मात्रै बनाउन सक्यो । उसका लागि इशान पाण्डेले सार्वधिक ३३ रनको योगदान दिए । त्यस्ते कप्तान दीपेन्द्र सिंह ऐरिले १३ रनको योगदान दिए । त्यस्तै स्कट कुग्गेलिजन र हरमित सिंहले समान १०÷१० रन बनाए भने हेमन्त धामीले पनि १० रनको योगदान दिए । अन्य खेलाडीको प्रदर्श सम्झना लायक रहेन ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले रुबेन ट्रम्पेलम्यानले समान ३/३ विकेट लिए । रोहितले आजको फाइनलमा ह्याट्रिक नै पुरा गरे । तिलक राज भण्डारीले पनि एक विकेट लिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व