
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाज प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डुले प्लेअफमा स्थान पक्का गरेको हो ।
७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो । यसअघि सुदूरपश्चिम रोयल्सले पनि प्लेअफमा स्थान बनाइसकेको छ । थप दुई टोलीले प्लेअफमा स्थान बनाउनेछ । चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ ।
काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाएपनि जित पर्याप्त हुन सकेन । कप्तान कुशल भुर्तेल २२, धनन्जय लक्षन ३० र जेशन रोयले १६ रनको योगदान दिए । बलिङमा काठमाण्डुका शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए । उनले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएका थिए । कप्तान करण केसी र सन्नी पटेलले दुईदुई विकेट लिए ।
यस अघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले सर्वाधिक ६४ रन बनाए । भीम सार्कीले ५५ रन बनाएर आउट भए । त्यस्तै मिलिन्द कुमार १३ रन बनाए । बलिङमा पोखराका धनन्जय लक्षमले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह