
काठमाडौं । वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा घरेलु टोली भारतले बलियो पकड बनाएको छ । ३ खेलाडीले शतक पूरा गरेको पहिलो पारिमा भारतले दोस्रो दिनको खेल सकिदा ५ विकेटको क्षतिमा ४४८ रन बनाएको हो । यो अवस्थामा भारत २८६ रनले अगाडि छ ।
अहमदाबादमा पहिलो दिन अर्धशतकमा नटआउट रहेका केएल राहुलले शतक पूरा गरे । उनले १०० रन बनाए । त्यस्तै, कप्तान शुभमन गिलले पनि अर्धशतक पूरा गरे । ध्रुव जुरेलले टोलिका लागि सार्वधिक १२५ रन बनाए । अलराउण्डर रविन्द्र जडेजा १०४ रनमा नटआउट रहेका छन् । उनी तेस्रो दिन वाशिङटन सुन्दर (९) सँगै ब्याटिङ सुरु गर्नेछन्।
भारतले २ विकेटको क्षतिमा १२१ रनबाट दोस्रो दिनको खेल अघि बढाएको थियो । वेस्ट इन्डिज पहिलो पारीमा १६२ रन अलआउट भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व