
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । ८ टोलि सहभागि प्रतियोगिताको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डू गुर्खाजबीच खेल हुने छ ।
उद्घाटन खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ । जनकपुर बोल्ट्स पहिलो संस्करणको विजेता हो । जनकपुरले सुदूरपश्चिम रोयाल्सलाई पराजित गर्दै उपाधि जितेको थियो । यस संस्करणमा लिग चरणका खेलहरू नोभेम्बर १७ (मंसिर १ गते) देखि डिसेम्बर ७ (मंसिर २१ गते) सम्म चल्नेछन् । खेलहरू दुई सत्रमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पहिलो खेल बिहान ११ः४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
लिग चरणपछि डिसेम्बर ९ मा अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीबीच पहिलो क्वालिफायरको खेल हुनेछ। त्यसपछि डिसेम्बर १० मा तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर हुनेछ ।
डिसेम्बर ११ मा पहिलो क्वालिफायरको पराजित र एलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेलिनेछ। यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोलीबीच डिसेम्बर १३ मा अन्तिम खेल हुनेछ । यो पटक त्रिवि क्रिकेट मैदानमा रातिको समयमा पनि खेल हुने छ । लाइट जडानका कार्य सकिएसँगै नेपालमा पनि फ्लडलाइटमा खेल हुने भएको हो । प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू