
काठमाडौं । पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशलाई १४९ रनमा अलआउट भएको छ । घरेलु टोलीले पाहुना टोलिलाई सस्तैमा रोक्दै पहिलो पारीमा नै विशाल अग्रता लिएको हो । भारतले पहिलो पारीमा २२७ रनको बलियो अग्रता लिएको छ ।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिए । उनले ५० रन खर्चेर चार विकेट लिए । त्यस्तै मोहम्मद सिराज, आकाश दीप र रवीन्द्र जडेजाले समान २–२ विकेट लिए । बंगलादेशका लागि साकिब अल हसनले सर्वाधिक ३२ रन बनाए ।
यसअघि रविचन्द्रन अश्विनको शतक र रवीन्द्र जडेजाले अर्धशतक बनाए पछि भारतले ३७६ रनको योगफल बनाएको थियो । यी दुईले ७ औँ विकेटका लागि १९९ रनको साझेदारी गरे । अश्विनले ११३ रन बनाए भने जडेजाले ८६ रनको योगदान दिए । ६ विकेटको क्षतीमा ३३९ रनबाट दोस्रो दिनको सुरुआत गरेको भारतले ३७ रन जोड्दा बाँकी चार विकेट गुमाएको थियो ।
बंगलादेशका तीव्र गतिका बलरले दोस्रो दिन अश्विन, जडेजा र आकाश दीपसहित तीन विकेट लिएका थिए । युवा तीव्र गतिका बलर हसन महमुद बंगलादेशका लागि सर्वाधिक ५ विकेट लिए । बंगलादेशले बिहीबार टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । भारतले आफ्नो दोस्रो पारीमा ३ विकेट गुमाएर ८१ रन बनाएको छ । यो अवस्थामा उसले ३०८ रनको अग्रता लिएको छ । दोस्रो पारीमा भारतका लागि सुभमन गिल ३३ रनमा अविजित रहेका छन् भने रिसभ पन्त १२ रनमा अविजित छन् ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता