
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाका कारण रद्द भएको छ । हिजोको खेलमा दिल्लीले हैदराबादलाई जीतको लागि १ सय ३४ रनको लक्ष्य दिएको अवस्थामा खेल वर्षाका कारण रद्द भएको हो ।
राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । वर्षाको कारण खेल रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । दिल्ली १३ अङ्कसहित लिग तालिकाको पाँचौं स्थानमा छ । ७ अङ्क जोडेको हैदराबाद आठौं स्थानमा उक्लिएको छ । यो बराबरसँगै हैदरबाद आइपीएलको प्लेअफबाट बाहिरिएको छ ।
आईपीएलमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व