बर्षा बाधक बन्दा आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो हैदरबाद 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाका कारण रद्द भएको छ । हिजोको खेलमा दिल्लीले हैदराबादलाई जीतको लागि १ सय ३४ रनको लक्ष्य दिएको अवस्थामा खेल वर्षाका कारण रद्द भएको हो ।

राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । वर्षाको कारण खेल रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । दिल्ली १३ अङ्कसहित लिग तालिकाको पाँचौं स्थानमा छ । ७ अङ्क जोडेको हैदराबाद आठौं स्थानमा उक्लिएको छ । यो बराबरसँगै हैदरबाद आइपीएलको प्लेअफबाट बाहिरिएको छ ।
आईपीएलमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार