
काठमाडौं । सन्दीप जोरा र लोकेश बमको अर्धशतक मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेटअन्तर्गत जापानसँगको खेलमा बलियो योगफल बनाएको छ । वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको हो ।
नेपालका लागि जोराले ३२ बलमा ५७ तथा लोकेशले २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन बनाए । जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समाचार एक÷एक विकेट लिए ।
नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा सुरु भएको छ र पिचलाई कभरले ढाकिएको छ । दोस्रो इनिङमा वर्षा कायमै रहे ओभर घट्ने वा खेल रद्द हुने सम्भावना पनि रहेको छ ।
नेपालले यसअघि पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । जापानलाई पराजित गरेमा वा खेल रद्द नै भएमा पनि नेपाल समूह विजेता बन्दै श्रीलंकासँग क्वाटरफाइनल खेल्नेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता