
काठमाडौं । सन्दीप जोरा र लोकेश बमको अर्धशतक मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेटअन्तर्गत जापानसँगको खेलमा बलियो योगफल बनाएको छ । वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको हो ।
नेपालका लागि जोराले ३२ बलमा ५७ तथा लोकेशले २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन बनाए । जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समाचार एक÷एक विकेट लिए ।
नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा सुरु भएको छ र पिचलाई कभरले ढाकिएको छ । दोस्रो इनिङमा वर्षा कायमै रहे ओभर घट्ने वा खेल रद्द हुने सम्भावना पनि रहेको छ ।
नेपालले यसअघि पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । जापानलाई पराजित गरेमा वा खेल रद्द नै भएमा पनि नेपाल समूह विजेता बन्दै श्रीलंकासँग क्वाटरफाइनल खेल्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद