
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज भएको खेलमा कर्णाली याक्साले पहिलो जित हात पारेको छ । आज भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेट पराजित गर्दै पहिलो जित निकालेको हो ।
कर्णालीको जितमा मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे । उनको शतक प्रेरित कर्णालीले लुम्बिनीले दिएको १५७ रनको लक्ष्य १२.२ ओभरमा १ विकेट गुमाएर पुरा गरेको हो । कर्णालीका लागि ओपनर मार्क वाटले अविजित रहँदै ११४ रन बनाए । उनले ४४ बल खेल्दै ६ चौका र १२ छक्का प्रहार गरे । उनले बाउण्ड्रीबाटै ९६ रन जोडेका थिए ।
यस्तै विलियम बोसिस्टोले २० बलमा अविजित २९ रन बनाए । ओपनिङमा प्रमोट भएका मार्क वाटले पहिलो विकेटका लागि प्रियांक पाञ्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पहिलो खेलमा ९० रन बनाएका पाञ्चल आज १२ रन बनाएर आउट भए । लुम्बिनीका शेर मल्लले जेजे स्मिथबाट पाञ्चललाई क्याचआउट गराए । त्यसपछि वान डाउनमा आएका विलियम बोसिस्टोसँग मार्क वाटले अर्को राम्रो साझेदारी गरे ।
यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४९ रनको पारी खेले । त्यस्तै रुबेन ट्रम्पलम्यानले लेट केमियो अविजित २८ रन योगदान गरे । यस्तै जेजे स्मिथले २३ तथा डार्शी सटले १९ रन जोडे । कर्णालीका लागि नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले १–१ विकेट लिए ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण