
काठमाडौं । सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।प्राइम टायल्सका अध्यक्ष आशिष गर्ग र सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
यस साझेदारीसँगै प्राइम टायल्सले एनपीएलको तेस्रो संस्करणभर सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै नेपाली क्रिकेट र स्थानीय खेल प्रतिभाको विकासमा साथ दिने जनाएको छ। प्राइम टायल्सका अध्यक्ष गर्गले यो साझेदारी ब्रान्डको प्रचारभन्दा पनि नेपाली समुदाय र क्रिकेटसँगको प्रतिबद्धताको विस्तार भएको बताए।
गर्गले भने, ‘प्राइम टायल्सले स्वदेशी उत्पादनमार्फत नेपालीहरूसँग जोडिने प्रयास गर्दै आएको छ। सुदूरपश्चिम रोयल्ससँगको यो साझेदारीले हामीले सेवा गर्ने समुदायसँग सँगै अघि बढ्ने हाम्रो विश्वासलाई अझ मजबुत बनाएको छ। क्रिकेट आज नेपालीहरूलाई एकताबद्ध गर्ने शक्तिशाली माध्यम बनेको छ।´
उनले थपे, `यो सहकार्य केवल ब्रान्डको उपस्थितिका लागि होइन, नेपाली क्रिकेटलाई साथ दिन, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न र एनपीएलले देशभर सिर्जना गर्ने उत्साह र गौरवको हिस्सा बन्नका लागि हो। सुदूरपश्चिम रोयल्सले प्रतिनिधित्व गर्ने जोश, दृढता र कहिल्यै हार नमान्ने भावना प्राइम टायल्सका मूल्यसँग मेल खान्छ।’
‘प्राइम टायल्स जस्तो स्वदेशी र विश्वासिलो ब्रान्ड सुदूरपश्चिम रोयल्ससँग जोडिनु हाम्रो लागि खुसीको विषय हो। एनपीएलको तेस्रो संस्करणमा हामी मैदानभित्र उत्कृष्ट प्रदर्शनसँगै मैदानबाहिर पनि नेपाली ब्रान्डहरूसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने लक्ष्यमा छौं। प्राइम टायल्ससँगको यो साझेदारीले नेपाली क्रिकेट र नेपाली उद्योग दुवैलाई सँगै अघि बढाउने विश्वासलाई थप बलियो बनाएको छ,´ सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले भने ।












समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन