
फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको अवस्थाविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेपछि एक जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा ५ सयभन्दा बढी प्रहरी घाइते भएका छन् भने देशभरबाट झण्डै १ हजार ८ सय प्रदर्शनकारी पक्राउ परेका छन्।
शनिबार फ्रान्सका विभिन्न सहरमा भएको प्रदर्शनका क्रममा सरकारी भवनमा आगजनी, पसलमा तोडफोड र लुटपाटका घटना भएका छन्। राजधानी पेरिसमा मात्रै प्रहरीले ८ सय ५५ जनालाई पक्राउ गरेको छ। प्रदर्शनका क्रममा हृदयाघात भएपछि एक प्रदर्शनकारीको मृत्यु भएको जनाइएको छ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार हिंसात्मक घटनामा सयौँ पसलमा क्षति पुगेको छ। पेरिसमा पसलका सिसा फुटाइएका छन् भने साइकल जलाइएका छन् र सार्वजनिक संरचनामा नाराबाजी लेखिएको छ।
दक्षिणपश्चिमी फ्रान्सको लिमोज सहरमा १४३ वर्ष पुरानो नगरपालिकाको भवनमा आगजनी हुँदा भवन आंशिक रूपमा ध्वस्त भएको छ। सहरका मेयर गियुम गेरिनले भवन जलाउने नियतपूर्वक आक्रमण गरिएको आरोप लगाउँदै पुनर्निर्माणका लागि आवश्यक १० लाख युरो उपलब्ध नगराइए राजीनामा दिने चेतावनी दिएका छन्।
एजेन्सीको सहयोगमा










समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम