
काठमाडौ – नेपालबाट १० दिन ढिलो गरेर मनसुन बाहिरिएको छ । साधारणतया अक्टोबरको २ तारिखमा नेपालबाट मनसुन बाहरिनेमा यसपटक १० दिन ढिलो गरेर मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि यही असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा काठमाण्डौ उपत्यका र मधेश प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरि सकेको थियो । त्यस्तै असोज २० गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिसकेको थियो ।
आज बाग्मती, मधेश र कोशी प्रदेशबाट पनि मनसुन बाहिरिएको महाशाखाले बुलेटीनमा उल्लेख गरेको छ । यो वर्ष सामान्य समयभन्दा तीन दिनअघि अर्थात् जुन १० तारिखमा नेपालमा मनसुन भित्रिएको थियो । यसैबीच, दशैँको मुख्य दिन आज कोशी प्रदेशको एक÷दुई ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेपनि बाँकी अरु ठाउँमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका पहाडी भेगका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि अरु क्षेत्रमा वर्षाको सम्भावना भने नरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । स्थानीय वायुका कारण कतै कतै भने छिटफुट वर्षा हुने सम्भावना छ ।













समाचार
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
डिजिटल वित्तीय सेवालाई सुरक्षित र सर्वसुलभ बनाउन राष्ट्र बैंकको नयाँ पाँच वर्षे रणनीतिक ढाँचा
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण