
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर कम्पनीकै विद्यमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले सूचना प्रकाशीत भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । कम्पनीका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्रीमा राखिएको जनाएको छ । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले कति कित्ता सेयर कति रकममा खरिद गर्न चाहेको हो भन्ने विवरण खुलाएर आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । आवेदन बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
निर्धारित ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा वा सबै सेयर बिक्री नभएमा बाँकी सेयर अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।












समाचार
एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित
आईएफआरसीद्वारा भोटेकोसी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा
रिज लाइन इनर्जीको विशेष साधारणसभा आह्वान, के छन् एजेण्डा ?
बाढी प्रभावितको राहतका लागि भारत सरकारले पठायो १० टन औषधी र मानवीय सहायता सामाग्री
टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
बाढीबाट क्षति भएका सम्पत्तिको बीमा दाबी गर्न शिखर इन्स्योरेन्सको आग्रह
रसुवा बाढीपीडितको दाबी भुक्तानीमा बीमितलाई सहजीकरण गर्न बीमक संघको आग्रह
एनआईसी एशिया र मुक्तिनाथ क्यापिटलका दुई नयाँ सामूहिक लगानी योजना धितोपत्र बोर्डबाट स्वीकृत