
काठमाडौं । पछिल्लो समय नेप्से परिसूचक १४४ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा नेप्से परिसूचक १४४.५ अंकले घटेको हो ।
२०८२ साउन मसान्तमा २७८८.३७ रहेको नेप्से सूचकांक २०८३ साउन मसान्तमा २६४३.८४ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । २०८३ साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण ४५ खर्ब ४७ अर्ब ७५ करोड कायम भएको छ । २०८२ साउन मसान्तमा बजार पुँजीकरण ४६ अर्ब ५६ अर्ब २७ करोड रहेको थियो । २०८२ साउन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५.१० प्रतिशत रहेकोमा २०८३ साउन मसान्तमा ६८.९० प्रतिशत रहेको छ ।
२०८३ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या ३०५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने १११ जलविद्युत्कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८२ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २७४ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५०.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १८.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.० प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३ साउन मसान्तमा सूचीकृत ९ अर्ब ५९ करोड सेयरको चुक्ता मूल्य ९४५ अर्ब ५४ करोड रहेको छ । आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिनामा रु.६ अर्ब ४५ करोड बराबरको साधारण शेयर र ४ करोड ५१ लाख बराबरको बोनस सेयर गरी कुल ६ अर्ब ९० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम