
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक विद्यालयलाई आवासीय रूपमा सञ्चालन गर्न थालिएको छ। भकिम्लीमा रहेको जयन्ती माविलाई समुदायको अगुवाइ, सक्रियता र बेनी नगरपालिकाको सहयोगमा आवासीयमा रुपान्तरण गरिएको हो। जयन्ती माविका प्राधानाध्यापक मनबहादुर पुनले अपायक पर्ने टोल, विपन्न र अनाथ बालबालिकालाई छात्रावास सञ्चालन गरेर आवासीय सुविधा दिन थालिएको बताए।
कमजोर विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नु पनि आवासीय विद्यालय सञ्चालन गर्नुको अर्को उद्देश्य रहेको उनले बताए। ‘अभिभावक नभएका, पारिवारिक समस्यामा परेका र विपन्न समुदायका बालबालिकालाई निशूल्क खाने, बस्ने ब्यवस्थासहित छात्रावास सञ्चालन गरेका हौँ,’ प्रअ पुनले भने, ‘नयाँ शैक्षिक सत्रदेखि सुरु भएको छात्रावास र आवासीय सुविधा नगरपालिकाले सिफारिस गरेका अन्य वडाका बालबालिकालाई पनि दिने व्यवस्था मिलाइएको छ।’
विद्यालय भवनको भुई तलाको दुई वटा कोठालाई छात्र र छात्राहरूको लागि फरक फरक आवासको व्यवस्था मिलाइएको छ। हाल दुई जना छात्रासहित आठ जना छात्रावासमा बस्ने गरेका छन्। विद्यालय वरपरका इच्छुक विद्यार्थीहरूलाई लक्षित गरेर बिहान ६ देखि साँझ ६ बजेसम्म अतिरिक्त कक्षा सञ्चालन तथा दिवा छात्रावास सञ्चाल गरिएको प्रअ पुनले बताए।
दिवा छात्रावासमा ३० जना विद्यार्थी छन्। छात्रावासमा बस्न थालेपछि दैनिक दुई घण्टा पैदल हिँडेर घरबाट विद्यालय जानुपर्ने समस्या हटेको बेनी नगरपालिका–३ हल्लेगौडाकी अस्मी घर्तीमगरले बताए। अस्मी जयन्ति माविको कक्षा ८ का छात्रा हुन्।
कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा कूल विद्यार्थी सङ्ख्या एक सय २१ जना छन्। छात्रावासमा बस्ने विपन्न विद्यार्थीका लागि खाने, बस्ने सहित पोशाक, सरसफाइ सामग्री, झोला, कापी कलम पनि निःशुल्क उपलब्ध गराइएको प्रअ पुनले बताए।
दुई जना शिक्षकलाई अतिरिक्त सुविधा दिएर छात्रावास व्यवस्थापनको जिम्मेवारी दिइएको छ। विद्यालय नजिक घर भएका शिक्षकहरूले आलोपालो गरेर छात्रावासका विद्यार्थीलाई पढाउने गरेका छन्। हालसम्म समुदायस्तरमा सहयोग जुटाएर एक जना भान्छेको तलब, खाद्यान्न र तरकारीको व्यवस्थापन गरिएको छ।
छात्रावास र दिवा खाजाका लागि एक वटा प्लास्टिक घर बनाएर तरकारीखेती पनि गरिएको शिक्षक डेक घर्तीले बताए। बेनी नगरपालिकाले जयन्ती माविलाई आवासीय विद्यालयको रूपमा सञ्चालनका लागि निरन्तरता दिने योजना बनाएको छ।
बेनी –३ का वडाध्यक्ष पदम पुनले जयन्ती माविको छात्रावास सञ्चालन र व्यवस्थापनका लागि नगरपालिकाले यस आर्थिक वर्ष २०८३/०८४ मा सात लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम