काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक ९ अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ९ दशमलव १९ अंकको गिरावट आएको हो ।
साताको पहिलो दिनको कारोबार बन्द हुँदा परिसूचक २६१७ दशमलव ९५ विन्दुमा पुगेको छ । आज सेयर बजामार १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले घटेर ४६९ दशमलव ८० विन्दुमा पुगेको छ ।
आज १३ उपसूचकमध्ये ५ वटाको सेयर मूल्यमा हरियाली देखिएको छ भने ८ वटाको सेयर मूल्य राताम्य भएर बन्द भएको छ । परिसूचक एकल अंकले घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ५ अर्व भन्दा माथिको कारोबार भएको सेयर बजारमा आज पाँच अर्वको पनि कारोबार हुन सकेन् ।
आज सेयर जबारमा ३२० कम्पनीका १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर ५६ हजार ६४६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँको कारोबार भएको छ । सेयर बजार घटेर बन्द भए पनि चार कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर बन्द भएको छ ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज