
काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले गत चैत २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँड गरेको छ।
कम्पनीले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएकोमा ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितलाई र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिल्यै बाँडफाँड गरिसकेको छ।
त्यसपछि बाँकी आईपीओमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र १६ हजार ५०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहन गएको ६ लाख ८४ हजार कित्ता सर्वसाधारणमा जारी गरेको हो।
कम्पनीको आईपीओमा बिक्री अवधिभर २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ३५ हजार ६३४ जनाको मात्रै आवेदन स्वीकृत भएको थियो। मागभन्दा अत्यधिक आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। बाँडफाँडमा ६८ हजार ४७५ जनाले १०–१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी २५ लाख ६७ हजारभन्दा बढी आवेदकको हात रित्तिएको छ।
यसरी हेर्नुहाेस् नतिजा
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.rbbmbl.com.np/result/allotment-result-check
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल