
काठमाडौं । गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाएको छ।
आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप) समेत टाँगिएको छ। नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै दिन घटनास्थल पुगेर रेकी (प्रारम्भिक अनुगमन) गरेको थियो।
त्यसपछि सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्दा सेनाले २ जनाको शव फेला पारेको थियो। भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी कार्य सुरु गरेको छ। यो टोली सुरुङको १०५ मिटरभित्रसम्म प्रवेश गरिसकेको छ।
उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन बबक्याट एस्काभेटरका साथै आयोजना स्थलमा उपलब्ध अर्को एस्काभेटर प्रयोग गरी दलदल पन्छाउने र उत्खनन गर्ने काम निरन्तर जारी राखिएको छ।












समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज