
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो ।
निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेको छ । यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले यहाँ पनि मूल्य समायोजन गरेको हो ।
खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर (१४.२ केजी) दुई हजार ६० रुपैयाँ पर्नेछ । यसअघि ग्यासको मूल्य दुई हजार एक सय ६० रुपैयाँ रहेको थियो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दुई सय २९ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर दुई सय ६५ अमेरिकी डलरले घटाएर एक हजार ५ सय ६६ डलर कायम गरिएको छ । पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ‘ब्रेकइभन पोइन्ट’ (नाफा घाटा नहुने बिन्दु) मा बिक्री मूल्य कायम गरेको जनाएको छ । जसअनुसार अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पोखरामा एक हजार एक सय डलर र भैरहवामा एक हजार ८५ डलर तोकिएको छ ।
विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आए पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमले प्रष्ट पारेको छ । निगमले जारी गरेको विज्ञप्तिमा ‘हाल पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार स्वरूप इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य घटेर आएको’ उल्लेख छ ।














समाचार
श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
मौद्रिक नीतिमा आर्थिक स्थायित्व र वृद्धिको सन्तुलन आवश्यक: कार्यवाहक गभर्नर पण्डित
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
विश्वकप फुटबल : आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा
पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
विश्वकप फुटबल : स्वीडेनमाथि फ्रान्सको सानदार जित, एम्बाप्पेको दुई गोल