
काठमाडौं । बुधबार पनि सेयर बजार गिरावट आएको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।
आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७७ कम्पनीका सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०३ अंकले घटेर ४५०.९६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएको १३ उपसुचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।
परिसूचक दोहोरो अंकले घटेको दिन ५ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३२ कम्पनीका १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर ६७ हजार ४८५ पटक खरिद बिक्री हुँदा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ रुपैयाँको कारोबार भएको । बजार दोहोरो अंकले घट्दा पनि ५ वटा कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व