
काठमाडौं । आर्थिक वर्ष २०७९/०८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौँ बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्मानित भएको छ।
काठमाडौँको बौद्धस्थित ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो सो होटललाई आन्तरिक राजस्व विभागले उतकृष्ट करदाताको रूपमा सम्मान गरेको हो। होटल यसअघि पनि पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ।
नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यस होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा ‘हाइ इन्ड’ पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्याइरहेको र करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन्।
१० वर्षे द्वन्द्व सुरु हुनुभन्दा अघि परिकल्पना गरी निर्माण सुरु भएको होटल सन् २००० बाट सञ्चालनमा आएको थियो। अप्ठ्यारो राजनीतिक र आर्थिक परिस्थितिबीच होटलको सञ्चालन केही वर्ष घाटामै रहेको र मुलुकमा शान्ति स्थापना भएपछि छोटो समयमा नाफामा जान सक्षम भएको हो । होटल यसअघि आर्थिक वर्ष २०७१/७२, २०७३/७४, २०७४र७५ , २०७५/७६ र २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सम्मानित भइसकेको छ। सो होटललाई नेपाल सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेबापत वि।सं २०७६ मा सम्मान गरेको थियो।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान