
दाङ । राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केरा खेतीमा लागेका छन् । उनले केरा खेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका हुन् ।
अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केरा खेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केरा खेतीमा लागेको रोकायले बताए। “अरू खेतीपातीभन्दा केराबाट आम्दानी बढी हुने देखेर यसमा लागेको हो”, उनले भने, “पहिले मैले पसल (फेन्सी) व्यवसाय गर्दै आएको थिएँ, अहिले त्यो व्यवसाय छोडेर केरा खेतीमा लागेको हुँ ।” पहिले परीक्षणका रूपमा चार कट्ठा जमिनबाट सुरु गरेको खेती अहिले दुई बिघामा विस्तार गरेको उहाँले जानकारी दिए । यो वर्षदेखि अरू साढे एक बिघामा केरा खेती विस्तार गर्ने तयारी गरेको उनले बताए ।
जिनाइन र मालभोग जातको केरा खेती गरिरहेको जनाउँदै रोकायले सिसहनिया गाउँमा अधिकांश किसानले केरा खेती गर्न थालेका बताए । गत वर्षमा केराको व्यापार प्रशस्त रहेको भन्दै एक याममा रु चार–पाँच लाख आम्दानी हुने उहाँले जानकारी दिए । “यस वर्ष भारतीय केराले नेपाली बजार ढाकेको छ । ती केराले नेपाली केराको मूल्य निर्धारण गरिदिने गरेकाले मूल्यमा गिरावट आएको छ”, उनले भने ।
व्यापारीले दर्जनको रु २०–२५ का दरले मूल्य निर्धारण गरेपछि किसानलाई मर्का परेको रोकायको भनाइ छ । “भारतको केरा सस्तो हुने र यहाँ उत्पादित बिक्री नहुने भएकाले केरा बिक्री गर्न समस्या हुँदै आएको छ”, उनले भने । स्थानीय तह र प्रदेश सरकारले प्राविधिक तथा विशेष सहयोग गर्नुपर्नेमा उनले जोड दिए । हामी आफैले किसान, विशेषज्ञ र व्यापारी बन्नुपर्छ, यसले थप समस्या भइरहेको छ । स्थानीय र प्रदेश सरकारले प्राविधिक सहयोग गरेमा खेती गर्न सहज हुने थियो”, उनले भने ।
रोकायका अनुसार यहाँ केरा प्रवद्र्धन कृषक समूह गठन गरिएको छ । सो समूहले किसानका समस्याका विषयमा छलफल गर्ने र समाधानको उपाय खोजी गर्ने गरेको उहाँले बताउनुभयो । केराको बिक्री गर्न, काँटछाँट, रेखदेख गर्न र मल हाल्न तीन स्थानीयलाई रोजगारी दिएको भन्दै तुलसीपुर, घोराही, लमही बुटवलका व्यापारी घरमा आएर खरिद गर्ने गरेको उनले जानकारी दिए । कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आव २०८१÷०८२ मा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केरा खेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिकटन केरा उत्पादन भएको केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा केराखेतीको प्रशस्त सम्भावना रहेको उनले बताए । पछिल्लो समयमा केरा खेती गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जनाउँदै उहाँले केराको बजार माग पनि बढिरहेको उल्लेख गर्नुभयो । खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदान दिने गरेको प्रमुख भण्डारीले बताए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह