
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा पौने २ खर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिति अनुसार चालु आवको साउन महिनामा वैदेशिक रोजगारीमा गएकाहरुले १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका हुन् ।
यो रकम गत आर्थिक वर्षको साउन महिनाको तुलनामा २९.९ प्रतिशत धेरै हो।गत आवको साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४८ अर्ब ८ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो ।













समाचार
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला