
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापन गर्ने नेप्से सूचक ४.४५ अंक घटेर परिसूचक २५९५.७४ विन्दु कायम भएको छ । बिहीबार सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब ६ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ७४ हजार २३९ पटकको कारोबारमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज कारोबार १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ । यसदिन ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८७ प्रतिशत घटेको छ।
यस दिन ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशत बढेको छ भने बरुण हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको रिलायबल समृद्धि योजनाको इकाईमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह