
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ । पार्टीले सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै छानबिनको निष्कर्ष नआएसम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
रास्वपाले सार्वजनिक भएका आरोपमा महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषय समेटिएको जनाएको छ । यी विषयलाई गम्भीर र संवेदनशील भन्दै पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा नलिने स्पष्ट पारेको छ । महिलामाथि हुने दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको उल्लेख गर्दै रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ ।
पार्टीका अनुसार अनुसन्धान प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न छानबिन टुंगो नलागेसम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको हो । यद्यपि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे स्वतन्त्र अनुसन्धान र आधिकारिक निष्कर्ष आउन बाँकी रहेको पार्टीले जनाएको छ । रास्वपाले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ ।
अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानबमोजिम थप कदम चाल्ने पनि रास्वपाले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ । कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुन उल्लंघन वा पदीय आचरणविपरीत काम गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने जनाएको छ ।
यस्तो छ खगेन्द्र सुनारको विगत
खगेन्द्र सुनार दलित अधिकार, सामाजिक विभेदविरुद्धको अभियान तथा जातीय समानताका मुद्दामा सक्रिय रहँदै आएका व्यक्ति हुन् । विवाद र चर्चा दुवै पाउँदै आएका खगेन्द्र यो पछिल्लो आपत्तिजनक अडियो सार्वजनिक भएपछि उनको राजनीतिक र सार्वजनिक भूमिकामाथि प्रश्न उठेको छ । सुनारसँग सम्बन्धित आरोपबारे रास्वपाले आन्तरिक छानविन अघि बढाएको छ ।
सुनार रास्वपाबाट बाँके–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । २०६६ सालबाट कलाकारितामा लागेका सुनार केही समय सञ्चारमाध्यममा समेत आवद्ध थिए । पत्रकारितासँगै उनी दलितका लागि दलित अभियानको संयोजक बनेर जातीय विभेदविरुद्ध उनी सक्रिय भए ।
२०७७ जेठमा रुकुम पश्चिममा नवराज विकसहित ६ युवाको हत्या भएपछि उनी दलित अधिकार आन्दोलनमा प्रखर अभियन्ताका रूपमा देखिए । २०७८ जेठदेखि उनले दलितका लागि खै ? समेत चलाए । सुनार २०८१ साउनदेखि माइतीघरमा शरीरमा नेल लगाएर गरिएको सांकेतिक विरोधपछि थप चर्चामा आएका थिए ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै