
बाँके । डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण थालेको छ । यो वर्षदेखि पालिका आफैँले बीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो ।
समूह र सहकारी गरी जम्मा १४ वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बिक्री गरिएको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए । उनका अनुसार एक सय २० क्वीन्टल उन्नत जातको र ८० क्वीन्टल मूल बीउ किसानलाई सहकारी समूहमार्फत किसानलाई अनुदानमा वितरण गरिएको हो ।
८० क्विन्टल मूल वीउलाई किसानले लगाएपछि पालिकाले समय–समयमा प्राविधिकबाट परीक्षण गराई उत्पादनका आधारमा थप मूल बीउ किसानसँग पालिकाले खरिद गरी प्रशोधन तथा भण्डारण गर्ने कृषि शाखा प्रमुख शर्माले बताए । धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यो वर्षको बीउले १४ सय हेक्टर क्षेत्रफललाई मात्र पुग्नेछ ।
यो वर्षदेखि वीउ भण्डारण शुरु गरेको डुडुवाले विस्तारै बीउ उत्पादनमा वृद्धि गरिने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ । करिब दुई सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएइकाले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताए । उनले अहिले गहुँ बालीको प्राविधिकमार्फत ल्याब परीक्षण गर्ने कार्य भईरहेको बताए । किसानलाई पालिकाले आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ ।
डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकाले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पु¥याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताए । उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए । डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिकटन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।













समाचार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
ठमेल प्लाजा होटलको साधारण सभा आज
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत
१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने
तेलको मूल्य घट्ने ट्रम्पको दाबी
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प