
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको अन्तिम खेलमा सुदूरपश्चिमले जित निकालेको छ । सिजनमा लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन सराफले २७ रनको योगदान दिए । सोमपाल कामीले १४ रन बनाए भने गुल्सन झाले १३ रनको पारी खेले । त्यस्तै अर्जुन घर्तीले पनि १३ रनको पारी खेले । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरिले ४ विकेट लिए । त्यस्तै हमित सिंह र अविनाश बोहोराले २–२ विकेट लिए । त्यस्तै हेमन्त धामी, र स्कट कुगेलेइजले १÷१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । त्यस्तै आरिफ शेखले २७ रनको योगदान दिए । त्यस्तै हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे । कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह