
काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा प्लेअफको सम्भावना बलियो बनाएको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै उसले अन्तिम ४ मा पुग्ने सम्भावना बलियो बनाएको हो ।
लिगमा चौथो जित हात पार्दै काठमानडूले ८ अंक जोडेरे अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । यो सँगै उ प्लेअफ नजिक पुगेको छ । ६ खेल खेलेको काठमान्डुले ४ जित र २ हारको नतिजा निकालेको हो । विराटनगर किंग्ससँग समान अंक भए पनि रनरेटमा काठमान्डु अघि छ । पाँच खेलबाट १० अंक जोडेर सुदूरपश्चिम यसअघि नै प्लेअफ पुगिसकेको छ ।
उता पाँच खेलमा चौथो हार व्यहोरेको कर्णालीको भने प्लेअफ सम्भावना कमजोर बनेको छ । जेरार्ड एरासमस र जोन सिम्पसनले उत्कृष्ट ब्याटिङ गरेपछि कर्यालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । काठमान्डुका लागि जेरार्ड एरसामसले अविजित ४३ रन बनाए । यस्तै सिम्पसनले ४१ रन योगदान गरे । एरसामस र सिम्पसनले चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
बलिङतर्फ कर्णालीका नन्दन यादवले ३ तथा पवन सर्राफले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । कर्णालीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका गुल्सन झाले अविजित ४९ रन जोडे । यस्तै पवन सराफले ३५ र मार्क वाटले ३० रन जोडे ।
बलिङमा काठमान्डुका रासिद खानले २ तथा कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक÷एक विकेट लिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम