
काठमाडौं । च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा लिभरपुल टर्कीको क्लब गालातासारेसँग १–० ले पराजित भएको छ । खेल इस्तानबुलमा भएको थियो । अब दोस्रो लेग मार्च १८ मा एनफिल्डमा हुनेछ ।
खेलको सातौँ मिनेटमै मारियो लेमिनाले हेडमार्फत गोल गर्दै गालातासारेलाई अग्रता दिलाए । यो सिजन कर्नरबाट लिभरपुलले बेहोरेको १०औँ गोल हो । घाइते गोलरक्षक अलिसनको स्थानमा खेलेका जियोर्गी ममार्दाशभिलीले गोल रोक्न सकेनन् । पछि ओसिम्हेनले अर्को गोल गरे पनि अफसाइडका कारण त्यो गोल मान्य भएन ।
लिभरपुलले खेलको ७०औँ मिनेटमा बराबरी गरेको जस्तो देखियो । डोमिनिक सोबोस्लाइको कर्नरबाट आएको बल गोललाइन पार गर्यो। तर भिएआर जाँचपछि बल इब्राहिमा कोनातेको ह्यान्ड भएको ठहर गर्दै गोल रद्द गरियो। खेलभर लिभरपुलले केही राम्रा अवसर बनायो। फ्लोरियन विट्र्स र इब्राहिमा कोनातेले गोल गर्ने मौका पाए पनि सफल हुन सकेनन्।
त्यस्तै स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब न्युक्यासलले १–१ गोलको बराबरी खेल ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि