
काठमाडौं । बार्सिलोना क्याम्प नोउमा रियल ओभिडोलाई ३-० हराएसँगै पुनः ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। पहिलो हाफमा पाहुना टोलीले बार्सिलोनालाई रोक्दा हान्सी फ्लिकको टोली निराश देखिएको थियो। तर दोस्रो हाफमा डानी ओल्मो र राफिन्हाले गोलको सुरुआत गर्दै खेललाई बार्सिलोनाको पक्षमा पारे।
पहिलो हाफको इन्जुरी समयमा मात्रै उल्लेखनीय अवसर बने। जोआन गार्सियाले इलियास चेइराको कठिन प्रहार रोक्दा अर्को छेउमा राफिन्हाको प्रयासलाई आरोन एस्कान्डेलले बचाए।
दोस्रो हाफमा बार्सिलोना थप आक्रामक देखियो । जसको परिणामस्वरूप ५१ औं मिनेटमा ओल्मोको गोलमा अग्रता लियो। ५७ औं मिनेटमा आफ्नै हाफमा रहेका डेभिड कोस्तासले कमजोर ब्याकपास गर्दा राफिन्हाले बल खोसेर अगाडि बढ्दै लाइनबाट बाहिर निस्किएका एस्कान्डेलमाथि चिप गर्दै गोल गरे।
७३ औं मिनेटमा लामिन यामालले शानदार ओभरहेड किकमार्फत गोल गर्दै टोलीको जित निश्चित गरे। अघिल्लो दिन शीर्ष स्थानमा उक्लिएको रियल म्याड्रिडलाई १ अंकले पछि पार्दै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको छ। २१ खेलमा बार्सिलोनाले ५२ अंक जोडेको छ। अर्को खेलमा एट्लेटिको म्याड्रिडले मालोर्कालाई ३-० ले हराएको छ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान