
काठमाडौं । अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको पाँच खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको छ । मंगलवार बिहान सम्पन्न पाँचौ खेलमा तीन विकेटको जित निकालेको अस्ट्रेलियाले सिरिज क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले यस अघि भएका चारै खेल पनि जितेको थियो ।
१ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा मिचेल ओविन १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन बनाउँदै आउट भए । क्यामरुन ग्रिन १८ बलमा ५ चौकाको सहयोगमा ३२ रनमा आउट भए । टिम डेबिड १२ बलमा ३०, कप्तान मिचेल मार्श ८ बलमा १४ तथा जोस इङ्ग्लिस ५ बलमा १० रनमा आउट भए । आरोन हार्डी २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रनमा अविजित रहे । वेस्ट इण्डिजका लागि अकिल होसेनले ३ तथा अल्जारी जोसेफ र जेसन होल्डरले समान २ विकेट लिए ।
त्यसअघि वार्नर पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो । वेस्ट इण्डिजका लागि शिमरन हिटमायरले ३१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । शरफन रादरफार्ड १७ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३५ रनमा आउट भए ।
जेसन होल्डर २०, म्याथ्यु फोर्ड १५ तथा अकिल होसेन र ब्राण्डन किंग समान ११ रनमा आउट भए । अस्ट्रेलियाका लागि बेन ड्वाशुसले ३, नाथन एलिसले २ तथा आरोन हार्डी, सन एबट, ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १ विकेट लिए । टि ट्वान्टी आई सिरिज अघि भएको तीन खेलको टेस्ट सिरिज पनि अस्ट्रेलियाले क्लिन स्विप गरेको थियो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह