
काठमाडौं । मिडफिल्डर जुड बेलिङघमलाई २०२४–२५ सिजनको इंग्ल्यान्ड पुरुष वर्षको खेलाडी घोषित भएका छन् । रियल म्याड्रिडका २२ वर्षीय बेलिङघमले ८ खेलमा १ गोल गर्दै नेशन्स लिग बढुवामा योगदान दिए । विश्वकप छनोटमा पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो ।
उनले ग्रीसविरुद्ध गोल, आयरल्यान्डविरुद्ध २ असिस्ट र एक पेनाल्टी तथा अल्बानियाविरुद्ध अर्को असिस्ट गरेका थिए । समर्थकको मतदानमा उनले डेक्लान राइस र हेरी केनलाई पछि पार्दै शीर्ष स्थानमा रहे । इंग्ल्यान्डबाहिर क्लबमा खेल्दै यो उपाधि जित्ने उनी दोस्रो खेलाडी बनेका छन् ।
काँधको शल्यक्रियापछि सेप्टेम्बरमा मात्र पूर्ण फिट भएर फर्किएका बेलिङघम आगामी अक्टोबरमा वेल्स र लाट्भियाविरुद्धको खेलका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । गत वर्ष कोल पाल्मरले यो उपाधि प्राप्त गरेका थिए । त्यसअघि दुई वर्ष लगातार बुकायो साकाले यो अवार्ड जितेका थिए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह