
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’मा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ । आइतबार सम्पन्न खेलमा क्रोएसियाले घानाविरुद्ध २–१ गोलअन्तरले जित निकालेको हो ।
यो खेलमा क्रोएएसियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । क्रोएसियाका लागि पिटर सुसिकले गोल हानेका थिए । यस्तै, ७३ औं मिनेटमा घानाका डेरिक लक्कासेनले गोल प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए ।
त्यसपछि ८३ औं मिनेटमा निकोला भ्लासिकले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाएका थिए । त्यही गोल अन्तिम समयमा निर्णायक रह्यो । यो जितसँगै समूह ‘एल’मा क्रोएसियाले एक हार र दुई जित खेल्दै ६ अंक जोडेर उपविजेता भयो । यो समूहमा ७ अंक जोडेको इंग्ल्यान्ड समूह विजेता बन्यो । इंग्ल्यान्डले आइतबार भएको अर्को खेलमा पानमालाई हराउँदै समूह विजेता बनेको हो ।
यो समूहमा एक हार, एक जित र एक बराबरी खेलेर घानाले ४ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । ४ अंक जोडेकाले उत्कृष्ट तेस्रोमध्येको एक टोली बनेर घाना पनि नकआउट चरणमा प्रवेश गरेको छ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?