
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । अघिल्लो दिन ३.०५ प्रतिशतले घटेको बजार आज भने ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा कायम भएको हो । यो अघिल्लो दिनको भन्दा १.७६ प्रतिशतले धेरै हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.१४ अंकले बढेर ४४४.५४ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये सबैको सेयर मूल्य बढेको हो । आज सेयर बजारमा २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
परिसूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज करिब ५ अर्बको कारोबार भएको छ । सोमबार सेयर बजारमा ३३० कम्पनीका ९९ लाख ४ हजार ८७४ कित्ता सेयर ४८ हजार ८३६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना