
कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रु दुई अर्ब ३१ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२/ ८३ मा कार्यालयले आय करतर्फ रु एक अर्ब राजस्व सङ्कलन गरेको छ।
त्यसैगरी भ्याटतर्फ रु ५१ करोड ५८ लाख र अन्तःशुल्कतर्फ रु ८० करोड १५ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत राजस्व सङ्कलन गरेको छ। ‘आयकर लक्ष्यभन्दा बढी सङ्कलन भएको छ।’ कर अधिकृत बस्यालले भने , ‘गत आवमा फ्याक्ट्रीहरुले निकासी कम मात्रामा गरेकाले अन्तःशुल्क लक्ष्यअनुसार सङ्कलन हुन सकेन।’
कार्यालयले आर्थिक वर्ष २०८१/८२ रु दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो। चालु आर्थिक वर्षमा कार्यालयले रु दुई अर्ब ८७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको बताए। कर अधिकृत वस्यालका अनुसार गत आर्थिक वर्षमा एक हजार ४०० व्यावसायिक फर्म करको दायरमा आएका छन् भने नौ हजार ९६५ जनाले व्यक्तिगत प्यान लिए। पछिल्लो समय सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपहार योजना ल्याएको छ।
उक्त उपहार योजनामा पहिलो विजेता कञ्चनपुरकै करदाताले रु १० लाख प्राप्त गरे । ‘हामी अनुगमनमा जाँदा बिल लिनेको सङ्ख्या बढेको पाएका छौँ’, उनले भने, ‘पहिलो उपहार विजेता यहीँको भएर पनि अहिले यो सङ्ख्या बढेको पाइएको छ।’ कार्यालयले करदातालाई करदाता शिक्षासमेत प्रदान गर्दै आएको छ। गत आवमा जिल्लाका विभिन्न स्थानमा २३ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको अधिकृत बस्यालले बताए।













समाचार
भारत भ्रमणदेखि तल्लो अरुणसम्म, प्रधानमन्त्री कार्यालयका १५ प्रमुख काम सार्वजनिक
रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन