भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता

काठमाडौं ।  नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिनामा ६ अर्ब २७ करोड १५ लाख बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। चालु आर्थिक वर्षको भदौ महिनामा कुल १३६ वटा उद्योग तथा व्यवसायका लागि सो बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ।

विभागका अनुसार समीक्षा अवधिमा स्वचालित (अटोमेटिक) प्रणालीमार्फत १३५ वटा उद्योग तथा व्यवसायका लागि  ६ अर्ब २७ करोड १५ लाख रुपैयाँ र साधारण प्रक्रियामार्फत १ वटा उद्योगका लागि  ८० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। २ महिनामा ११ अर्ब १२ प्रतिबद्धता आएको उधोग विभागले जनाएको छ ।

विभागका अनुसार समीक्षा अवधिमा स्वचालित (अटोमेटिक) प्रणालीमार्फत १८७ वटा उद्योग तथा व्यवसायका लागि रु ३ अर्ब ४७ करोड ३४ लाख र साधारण प्रक्रियामार्फत ४ वटा उद्योगका लागि रु २९ करोड ९४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

समीक्षा अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा रहेको छ। एक महिनाको अवधिमा पर्यटन क्षेत्रका ३३ वटा उद्योगका लागि रु १ अर्ब ६३ करोड ७८ लाख, सेवा क्षेत्रका १९ वटाका लागि रु ६८ करोड २० लाख, उत्पादनमूलक क्षेत्रका ९ वटाका लागि रु ८४ करोड, सूचना प्रविधि क्षेत्रका १२८ वटाका लागि रु ५६ करोड ९८ लाख, ऊर्जा क्षेत्रका लागि रु २ करोड र कृषिमूलक क्षेत्रका लागि रु २ करोड लगानी प्रतिबद्धता आएको हो। पूर्वाधार र खनिज क्षेत्रमा भने यस महिना कुनै पनि लगानी प्रतिबद्धता आएको छैन।

चालु आवको भदौसम्ममा विदशी लगानीमा सञ्चालनमा रहेका उद्योगले कमाएको नाफावापत एक अर्ब बढी रकम विदेश लैजान प्रस्ताव गरेका छन् । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको भदौसम्ममा विभिन्न विदेशी लगानीकर्ताले १ अर्ब ९ करोड ४१ लाख रुपैयाँ रोयल्टी र लाभांश रकम लैजान प्रस्ताव गरेका छन् ।

उक्त अवधिमा ६० करोड ६१ लाख रुपैयाँ, ३ लाख ६ हजार अमेरिकी डलर (आजको विनिमय दरअनुसार ४ करोड रुपैयाँ), १२ करोड २९ लाख भारतीय रुपैयाँ (१९ करोड ६६ लाख नेपाली रुपैयाँ) रोयल्टी लैजान प्रस्ताव गरेका छन् । भदौसम्ममा उनीहरुले २५ करोड ७ लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर