
काठमाडौं । बुधबार पनि नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा थप कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी विनियमदर अनुसार अमेरिकी डलरको मूल्य बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदुर १३४ रुपैयाँ ३८ पैसा रहेको थियो । राष्ट्र बैंकका अनुसार आज युरो र पाउण्डको विनिमयदर भने घटेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०२ पैसा पुगेको छ । अघिल्लो दिन युरो एकको खरिददर १४९ रुपैयाँ ७५ पैसा र बिक्रीद १५० रुपैयाँ ४२ पैसा रहेको थियो ।
बुधबार बेलायती पाउन्ड स्ट्रलिङको विनिमयदर पनि घटेको छ । आज एक पाउण्डको खरिददर १७८ रुपैयाँ २३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०३ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८० रुपैयाँ १७ रहेको थियो । आज स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७५ पैसा कायम भएको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार आज थाइ भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा, दक्षिण कोरियन वन १०० खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्विडीस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र बिक्रीदर १३ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २१ पैसा र बिक्रीदर १७ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ५५ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै