
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज अमेरिकी डलरको सटहीदर अघिल्लो दिनकै मूल्यमा भइरहेको हो ।
राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । अघिल्लो दिन पनि सोही दरमा अमेरिकी डलरको सटही भएको थियो । त्यस्तै आज युरोपियन युरोको विनिमयदर भने बढेको छ । आज एक युरोको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९३ पैसा कायम भएको थियो । आज युके पाउण्ड स्टर्लिङको विनिमयदर घटेको छ । आज एक पाउण्डको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०२ पैसा रहेको थियो ।
त्यस्तै आज स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२ रुपैयाँ ६९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ४४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।












समाचार
लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
बाजुरामा दसैँको चहलपहल: बजारमा भीड, खेतमा व्यस्त किसान
नवरात्रको पाचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
मनसुन बाहिरियो, स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलर र युरो सस्तीयो, पाउण्ड मंहगो हुँदा कुन देशको विनिमयदर कति ?