
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो ।
गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताए । उनले भने, ‘पुस १९ गतेपछि किसान आउन छोड्नुभएको छ, धेरै किसानले धान बिक्री गरिसक्नुभयो, अब यस वर्षको धान खरिद लगभग यति नै होला ।’ ‘हामीले लक्ष्य लिएअनुसार मोटा धानको कोटा पूरा गर्न सकेनौँ, मध्यम धानको भने कोटा लगभग पूरा भयो, माग गरेअनुसार र सोचेअनुसार मोटा धान आएन तर मध्यम धान भने माग अनुसार आयो र हामीले खरिद गर्यौं,’ उनले भने ।
गत पुस १९ गतेपछि किसान आउन छाडेको, फोन पनि नगरेको तथा सम्पर्कमा नआएका कारण यसवर्ष बाँकेमा धान खरिद कार्य लगभग सकिएको उनले बताए । बाँकेका किसान पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उनले बताए । गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यसवर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको थियो ।
मोटा धानको मूल्य ३ हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको ३ हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यस वर्ष मोटा धान २ करोड ६१ लाख दुई हजार एक सय ३३ रुपैयाँ ६५ पैसा र मध्यम धान आठ करोड ७२ लाख ६९ हजार रुपैयाँ, एक सय ६२ रुपैयाँ २३ पैसा गरी कुल ११ करोड ३३ हजार ७१ लाख २९५ रुपैयाँ ८८ पैसाको धान खरिद गरिएको हो । धान बिक्रीका लागि जिल्लाका ६ सय ७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराए पनि पाँच ६८ जना किसान र पाँचवटा सहकारी संस्थामार्फत बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ ।












समाचार
अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ
बागलुङको तरकारी पोखरामा बिक्री
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न
श्रावण २६ देखी ३१ सम्म भृकुटींमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने तयारी पुरा
नेप्सेको सीईओ चापागाईद्धारा राजिनामा
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता