
तनहुँ । यहाँको म्याग्दे गाउँपालिका–३ मा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुहरुलाई लामो समयसम्म भण्डारण गरी बजारमा उचित मूल्यमा बिक्री गर्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
चिस्यान केन्द्र निर्माणका लागि गत वर्षको पुस १ मा पासा कन्स्ट्रक्सनसँग रु एक करोड ४७ लाख चार हजार छ सय ४७ मा ठेक्का सम्झौता भएको थियो । दुई तल्ले भवन १९५ दशमलव ८५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । चिस्यान केन्द्रमा कृषकले उत्पादन गरेका आलु, फलफूल, तरकारीलगायत राखिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी बताए ।
‘कृषिजन्य वस्तु भण्डारणका लागि चिस्यान केन्द्रले सहयोग पुग्नेछ, जसकारण कृषकले उचित मूल्य पाउनेछन्,’ अधिकारीले भने । अधिकारीका अनुसार चिस्यान केन्द्रको क्षमता दुई सय मेट्रिक टन रहेको छ । चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव रुक्मिता घिमिरेले चिस्यान केन्द्रमा भण्डारणका लागि प्रति किलो रु दश शुल्क कायम गरिएको जानकारी दिइन् । तर म्याग्दे गाउँपालिकाभित्रका कृषकलाई भने ५० प्रतिशत छुट दिइनेछ ।
कृषकले कृषिजन्य वस्तु उत्पादन गर्ने तर समयमा विक्री हुन नसक्दा समस्या हुँदै आएकाले अब चिस्यान केन्द्रले सहज हुने गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह