
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा ४५.७७ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिसम्म १३ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो । खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ ८ पैसाबाट घटेर ७ रुपैयाँमा झरेको छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) पनि साढे ९ करोड रुपैयाँबाट घटेर ५ करोड १९ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा ३.१२ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुग्दा खुद ब्याज आम्दानी २५ करोड ३० लाख रुपैयाँबाट घटेर १५ करोड ७० लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि १८ करोड ७८ लाख रुपैयाँबाट १० करोड १५ लाख रुपैयाँ झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा छ ।
१ अर्ब साढे ३४ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ र रिजर्भमा साढे ३० करोड रुपैयाँभन्दा बढी रहेको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय