
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले (आज) असार १८ गतेदेखि आम सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।
कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २० गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको थियो । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि कम्पनीले असार ५ गते आईपीओ बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ५९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५४ हजार ५५० कित्ता बाँडफाँड गरेको हो ।
अब कम्पनीले बाँकी रहेको आईपीओमध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई र ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको २९ लख ४२ हजार ७६० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले आवेदन दिंदा न्यूनतम १० कित्ता आईपीओका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।
निष्कासन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा असार ३२ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत् आवेदन दिन सक्नेछन् ।












समाचार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
डिजिटल वित्तीय सेवालाई सुरक्षित र सर्वसुलभ बनाउन राष्ट्र बैंकको नयाँ पाँच वर्षे रणनीतिक ढाँचा
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति