
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए पछिको पहिलो कारोबार दिनमा नेप्से परिसूचक २९ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७६० दशमलव ८० विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव १६ अंकले बढेर ४८१ दशमलव १९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मूल्य घटेको छ ।
आज सेयर बजारमा १५८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा ११ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३११ कम्पनीका ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर १ लाख ५ हजार ४१५ पटक खरिद बिक्री हुँदा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबारको सेयर कारोबार बन्द हुँदा दुई कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह