काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।
बैंकले घोषणा गरेको लाभांशमा बोनस सेयर ६ प्रतिशत र कर सहित १४ प्रतिशत नगद वितरण गरिने छ । बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।