
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १२ गतेदेखि बुकक्लोज गर्दैछ ।
यस अनुसार असोज ९ गते, बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो । सो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य २४४ रुपैयाँ ३३ पैसा कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता २९३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो ।
फेसबुक प्रतिक्रिया












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह